पश्चिमी अफगानिस्तानमा पुन: ६.३ म्याग्निच्यूडको भूकम्प

ठूलो जनधनको क्षति भएको आंशका

पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार आज विहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको हो । हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर भुकम्प गएको हो । भुकम्पवाट ठुलो जनधनको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो । यसअघि  करिव २ हजारको  ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो । शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो । भूकम्पपीडितलाई उपलब्ध गराउनका लागि कम्बल, खानेकुरा र अरू सामग्री अभाव रहेको छ । शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको थियो ।अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिम रहेको मुलुक मानिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७ हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन । औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया