एशियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडी स्वदेश फिर्ता
चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी लगायतको टोली पुगेको थियो । विमानस्थलमा पदक विजेता कराते खेलाडी एरिका गुरुङ्ग र प्रशिक्षकले लिग लगायतका खेलमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता औल्याए ।
पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको टोलीले पनि छोटो तयारीमा पदक जित्न सकेकोमा खुसी प्रकट गरेको छ ।
एशियाली खेलकुदमा नेपालल २९ खेलमा सहभागिता जनाएपनि कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो । अन्य खेलाडीले केही कीर्तिमान भंग गरेपनि पदक जित्न सकेका थिएनन । अहिले सम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ ।
प्रतिक्रिया