शेयर बजारमा दोहोरो अंकले गिरावट
शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको हो । आज ४२ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको शेयर झण्डै ६ प्रतिशतले ओरालो लागेको छ ।बजार घटेको दिन आज सबैभन्दा धेरै अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया