मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरितिलाई न्युनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताए । 
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संसोधन लगायतका समस्या स्वास्थ्य र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गर्ने पनि बताए ।
 

प्रतिक्रिया