इजरायलवाट शव यथासिघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिएको छ । 
समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।  समितिले विदेशस्थित कुटनीतिक नियोगहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई भनेको छ । 
 

प्रतिक्रिया