धुलिखेलमा अन्तराष्ट्रिय स्त्री तथा प्रसुती रोग विज्ञ सम्मेलन हुने

स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने भएको छ । नेपाल र जर्मनीका विशेषज्ञहरु सहभागिता रहने सम्मेलन असोज २४ र २५ गते धुलिखेल अस्पतालमा  हुने छ । ‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नारा सहित हुने सम्मेलनमा निःसन्तान, रजनोवृत्ति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका समस्या लगायतमा छलफल हुने आयोजकको भनाइ छ । 
सम्मेलनका सहभागीहरुले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा सघाउ पु¥याउने अपेक्षा राखिएको छ । संस्थाले नेपाली महिलाहरुको जीवन स्वस्थ बनाउने अभियानमा सघाउ पु¥याउँदै आएको छ ।
सम्मेलनपूर्व सहभागीहरुलाई स्त्री रोग सम्बन्धी व्यापारोस्कोपी शल्यक्रिया सीप अभिवृद्धिका लागि तीन दिने सैद्धान्तिक एवं व्यवाहारिक तालिम समेत सञ्चालन गरिएको छ । नेपाल र जर्मनीका गरि करिब १२ जना विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया