राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरु नेपालका आदिवासी हुन्: पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरु नै नेपालका आदिवासी भएको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरु नै आदिवासी भएको बताएका हुन । उपमहासचिव गुरुङले आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सिमित भएकाले आदिवासीमा सामुहिकता कायम रहेको दाबी समेत गरे ।
उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताए  । उनले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको उल्लेख गरे ।
 

प्रतिक्रिया