एसियन खेलकुदका पदक विजेतालाई नगरपरिक्रमा गराउने कार्यक्रम स्थगित

एसियन खेलकुदका पदक विजेता खेलाडी तथा अफिसियललाई नगरपरिक्रमा गराउने कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले एसियन गेम्सका पदक विजेता टिमलाई स्कटिङ र बाजागाजा सहित नगरपरिक्रमा गराउने कार्यक्रममा फेरबदल गरिएको जनाएको छ । एसियन गेम्समा सहभागी नेपाली टिम आज विहान ११ बजे काठमाडौं ओर्लने कार्यक्रम रहेको छ ।सरकारले आज राष्ट्रिय शोक घोषणा कारण पूर्व निर्धारित कार्यक्रममा फेलबदल भएको हो । नेपाली टिमलाई एयरपोर्टबाट रिसिभ गरेर स्कटिङमार्फत राखेप परिसरसम्म ल्याइनेछ । औपचारिक रुपमा खेलाडी तथा नेपाली टिमका सदस्यलाई बधाई दिएर कार्यक्रम गर्ने राखेपले जनाएको छ ।  नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो ।यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । अहिले सम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । 

प्रतिक्रिया