चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’मा प्रभाव पार्छ: सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले  चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने प्रतिक्रिया दिएका छन । बेइजिङमा अमेरिकी सिनेटर समूहसँगको भेटमा सीले परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताएका हुन । चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि हजारौं कारण रहेको उनको भनाइ छ  
राष्ट्रपति सी ले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएकोपनि उल्लेख गरेका छन । जवाफमा अमेरिकी सिनेट नेता चक सुमर  राष्ट्रपति सीसँग दुवै मुलुकले यो शताब्दीलाई आकार दिने भन्दै सम्बन्धलाई जिम्मेवार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्ने बताएका छन ।  वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा पुगेको हो । 

प्रतिक्रिया