बझाङ भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन भएको छ रु। गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियोरु। भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छरु। घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन । यसै गरी भूकम्पबाट सात हजार १ सय ६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छरु। केन्द्रका अनुसार ८ सय ३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८ सय ४४ संरचना पूर्ण रूपमा क्षति भएको छरु। त्यसै गरी छ हजार २ सय ३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छरु। भूकम्पले बाजुरा जिल्लामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छरु। सो जिल्लामा ६ सय ६१ निजी घर पूर्ण रूपमा क्षति भएको छरु। भूकम्पको केन्द्रबिन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन ।
प्रतिक्रिया