गरिबको आवाज उठाउँदा म माथि कालो मोसो दलियो: दुर्गा प्रसाई
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दलिएको बताएका छन् । आज बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले अव एमालेसँग खेल सुरु भएको बताएका हुन । प्रसाईले आफुमाथि आक्रमणको घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाए । प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए । कार्यक्रममा व्यवसायी प्रसाईल एमाले अध्यक्ष केपी ओली भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताए । प्रसाईँले १८÷२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।
प्रतिक्रिया