इजरायलमा मारिएका नेपाली विद्यार्थीको सम्झनामा आज राष्ट्रिय शोक
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । मन्त्रिपरिषद बैठकले देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मृतक विद्यार्थीका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले इजरायलमा ज्यान गुमाएका शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि गरेको थियो । सरकारले इजरायलमा द्वन्द्वग्रस्त तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीहरुको उद्धार गरी इच्छुकलाई स्वदेश ल्याउने पनि निर्णय गरेको छ । नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको छ। उडानका लागि इजरायलसँग समन्वय भइरहेको र इजरायल सरकारले उडानका लागि सहमति जनाएमा तत्काल जहाज उड्ने बताइएको छ । कृषि विज्ञान विषयमा प्रयोगात्मक अध्ययन कार्यक्रम ‘सिक्दै कमाउँदै’अन्तर्गत नेपालबाट गएका विद्यार्थीहरु हमास समूहको आक्रमणमा परेका हुन ।
प्रतिक्रिया