इजरायल द्धोन्द्धमा ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत दिइने
इजरायलमा आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले १०-१० लाख राहत दिने निर्णय गरेकाे छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।
प्रतिक्रिया