इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद: उद्धार गर्न सरकार लागि परेकाे छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्।सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्।
उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए। उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।
धानमन्त्रीले विपिनलाई भनेका छन्, ‘तपाईंले त्यहाँ विद्यार्थीसँग लगातार कम्युनिकेट गरिदिुनपर्यो । र एकथरी मान्छेहरू ह्याभोक क्रियट गर्न खोजिरहेका हुन्छन् एकाध मान्छेहरू ।’
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये १० जनाको निधन भइसकेको छ । अन्य केही विद्यार्थी घाइते भएका छन् भने केहीले बंकरबाट उद्धारका लागि याचना गरिरहेका छन् ।
यसैबिच घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक ९विद्यार्थी समेत० हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए । उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिने भनेका छन् ।
इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए ।
उनले आफू पनि बङ्करमा भएका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको तर्फबाट उद्धारको लागि सबै पक्षसँग काम गरिरहेको बताए ।
प्रतिक्रिया