व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो कालोमोसो
व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् ।
अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले कालोमोसो समेत दलेका छन् ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया