द्वन्द्वको चपेटामा परेका नेपालीको तत्काल उद्धार गर्न आफन्तहरुको आग्रह
इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका नेपालीहरुका आफन्तहरुले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन । सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् । द्वन्द्वमा परेकाहरु आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आफनतहरुले आग्रह गरेका छन् । सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाई गर्न नहुने आफन्तहरुको आग्रह छ ।
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरुको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।
प्रतिक्रिया