हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने बालेन साहको घोषणा
काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह बालेनले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने घोषणा गरेका छन् । एक भिडियो सन्देश जारी जर्दै मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन । बालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गर्दै रोजगारीको अवसर सिर्जना गर्ने योजना ल्याएका हुन । महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु महानगरको यस श्रम बैंकमा आबद्ध हुन सक्ने बताइएको छ । प्रमुख बालेनले आइतबार भिडियो सन्देश जारी गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने उल्लेख गरेका छन । महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने उनले बताएका छन । श्रम बैंकमा सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका महानगरले अनिवार्य बीमा गरिदिने र महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना समेत बालेनले सार्बजनिक गरेका छन् ।।
प्रतिक्रिया