दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
एजेन्सी । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार (आज) भएको विधानसभा निर्वाचनको मतदान सकिएको छ । बिहान ७ बजे शुरु भएको मतदान साँझ ६ बजे सकिएको हो । मतदान सकिँदासम्म करिब ५८ प्रतिशत मात्र मत खसेको हो ।
दिल्ली विधानसभाका ७० सिट र दुई सिट, तमिलनाडु र उत्तर प्रदेशका एक–एक सिटका लागि भएको मतदानमा ६ सय ९९ जनाले उम्मेदवारी दिएका थिए । दिल्लीका मतदाताले ६ सय ९९ उम्मेदवारहरूको यहि निर्वाचनबाट भाग्यको फैसला गर्नेछन् ।
निर्वाचनको अन्तिम मतपरिणाम आगामी शनिबार (फेब्रुअरी ८) मा आउने छ । आम आदमी पार्टी तेस्रो पटक सत्ता हात पार्ने लडाइँमा जुटेको छ, भने भारतीय जनता पार्टी र भारतीय कांग्रेस पनि दिल्लीको सिंहासन कब्जा गर्ने संघर्षमा छन् ।
भाजपा २५ वर्षभन्दा बढी समयदेखि सत्ता बाहिर छ । जहाँ आम आदमी पार्टी अघि १५ वर्ष कांग्रेस सत्तामा थियो तर पछिल्ला दुई चुनावमा पार्टीले एउटा सिट पनि जित्न सकेको छैन ।
यहि निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासमा छ । तीन करोड भन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय अरविन्द केजरीवाल र उनको पार्टीले शासन गरिरहेको थियो ।
भारतको निर्वाचन आयोगको तथ्यांक अनुसार दिल्लीमा लगभग १ करोड ५६ लाख मतदाताहरू छन् । जसमध्ये उत्तर–पूर्वी जिल्लामा ५२.७३ प्रतिशत मत खसेको हो ।
सबैभन्दा कम मतदान नयाँ दिल्लीमा ४३.१० प्रतिशत मत रहेको छ, जसमा दिल्लीका ७० निर्वाचन क्षेत्रहरूमा ६ सय ९९ जना उम्मेदवारहरूको भाग्यको निर्णय गर्न १३ हजार ७६६ मतदान केन्द्रहरूमा मतदान भएको थियो ।
प्रतिक्रिया