सरकारले ल्याएका अध्यादेश बिहीबारको संसद् बैठकमा प्रस्तुत गरिने

काठमाडौं । सरकारले संसद् अधिवेशन नहुँदा ल्याएका ६ वटा अध्यादेश बिहीबार (भोली)को प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्ने भएको छ ।

सरकारले राखेको प्रस्तावमा अस्वीकार प्रस्ताव राखेका सांसदहरू मध्येबाट एक जनाले ५ मिनेटमा प्रस्ताव राख्ने र अन्य सांसदले तीन मिनेट आफ्नो धारणा राख्ने सहमति जुटेको छ ।

सभामुख देवराज घिमिरेले ५ दलका सचेतकहरूसँग राखेको छलफल पश्चात् जानकारी दिँदै कानुनमन्त्री अजय चौरसियाले  सो कुरा बताएका हुन् ।

साथै भोलिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया