अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hatpat%2520dinesh_Dh42PDEzsc_ikjktunel0ktidkjwwqhpedtvgtk9g6kwgh4zbzatpehmoect5jcnhpppnkp_o5nOqEc2gP_lr61dkrz3brtgr2cpangmpkebcob8lzovwwekhb8yv9lrpvzh75bbsdcrex0.jpg)
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी, झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई र दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललित कुमार केसीविरुद्ध बुधबार (आज) मुद्दा दायर भएको हो ।
प्रतिवादी तीन जनामध्ये जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ । उनले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण र कुटपिट आफूले नगरेको दाबी गरिरहेका छन् ।
अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका छन्, भने अर्का प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आबद्ध नरहेको बताएकी छिन् ।
मुलकी फौजदारी अपराध संहिताको दफा १८३ मा ज्यान मार्ने उद्योगको कसुर गर्न नहुने उल्लेख छ । यो कसुर गर्नेलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
![कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm%2520Photo_unnbtCexkC_9w0p8i9epwdtagattugx0hkyijezc2tn0p7l5ddmivhgxocu9dcpgowqtygg_GyRZfmBqeT_gaxdz8da2jfrtihdb2eg5d18a1trs2ozy6wvk9ucbwxsqq2ildcax8jql2n4.jpeg)
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
![दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_tiRgzKi2Nc_gqwxxdfjym56oo1ep3vwedihwx1l0fx2e8nrtgyr7neojbbcz51qw3c2ezna.jpg)
दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_bsQLR3bYQJ_pl5cd7dkwv2umbxiwa2xmwmhcqbgugbkqckqcyh3cundldc6avam0sbi7wia.jpeg)
प्रतिक्रिया