महिला प्रहरी मृत्यु घटना : ड्युटीबाट फर्किएकी थिइन् निशा, १ घण्टापछि मृत फेला
काठमाडौं । बुधबार (आज) दिउँसो काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
२३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकको कोठामा सिलिङ फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मध्यान्ह १२ बजेतिर मृत भेटिएकी हुन् ।
निशा सहित ३ जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि खटिएका थिए । उनीसँग एउटै कोठामा बस्ने अन्य २ जना ड्युटीमा खटिएका महिला प्रहरीले भने शाली नदी मेलामै खाना खाएका थिए । निशा भने ब्यारेकमै खाना खाने भन्दै फर्किएकी थिइन् ।
करिब ११ बजेतिर खाना खान भनेर आएकी निशा आफू सुत्ने कोठामा पसेकी थिइन् । तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केपछि झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ ।
बर्दिया घर भएकी निशा प्रहरी वृत्त गौशालामा कार्यरत थिइन् । उनी प्रहरी सेवामा प्रवेश गरेको ३ वर्ष भयो । उनी विवाहीत हुन् । उनका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको प्रहरीको भनाइ छ ।
बर्दीयाबाट उनको परिवार र आफन्त आएपछि मात्रै शव उठाएर पोस्ट मार्टमका लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया