काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_omPNpH2B8E_zc70cyrvc3io5kgdvpdzm8kygbt1yt3lceskvgfic3ya8fqtxhxzunfzarsb.jpeg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।
छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे । सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उनले आग्रह गरे ।
उक्त द्रुतमार्ग कूल ७०.९७ किलोमिटर रहेको छ । दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६ र वित्तीय प्रगति ३९.७४ रहेको जङ्गी अड्डाले जनाएको छ । रासस
![सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_2JYFzhKI9l_vuanvatveouavow7wgxexvlk2d4cogi5hhrxtgqrsntrebarcx84ijxi5ydt.jpg)
सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?
गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…
‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’
बुधबार नेप्सेमा सामान्य अङ्कको गिरावट
![रविको बयान सकियो,थुनछेक बहस हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_isqQRiMnxi_wkplstvwgzovxbc5e7xyqutmoc6bvtwzmmbkmayvaavsw8wrn7ctgpdxv6m3_cTlRczFBUz_lcx0garauiuhbu1ln9lhp80srrzm0meul8o7lsrxmhembrpxsjk2xn1bg7jh_b7tSGmpfvM_2j8jmzgegytiqbsqg8il5nunnjy3cygg0btql0hicqwubggtxdrbuxq2vh0y_PDCcurECxV_sx1rkhep8abn9nzeaermedkzgoiauyynpluzkcd5cxnnxxmnohjzelz23ou6.png)
रविको बयान सकियो,थुनछेक बहस हुँदै
![महिला क्रिकेटः नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/476593630_1058691609620552_3406358897517486904_n_VYsWUU6avG_x4l6bbnpcm7rbwgcekiabtszihgs2izs3zijlzbans1rl9o5usbfc3spnzf3_D3tftVLd2B_zbuzgnlfnauorzqp4adarn82rii4s0mvhrgvrbck1vsrvyp0tfgpetsoqejl.jpg)
प्रतिक्रिया