इजरायलमा सामुहिक चिहानमा २ सय ५० जनाको शव फेला

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध झनै चर्किएको छ । शनिबार बिहान अचानक हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा दुवैतर्फ ठूलो क्षति भएको छ । हमास लडाकुले इजरायलमा एक सांगितिक समारोह स्थलमा भेला भएकालाई हत्या गरेर सामुहिक रुपमा गाडेको चिहान भेटिएको छ । चिहानमा २ सय ५० जनाको शव भेटिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इजरायल–हमास लडाइँमा दुबै पक्षका गरी कम्तिमा १ हजार १ सय रुमानिसहरूको मृत्यु भएको छ । प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ । तीमध्ये ७ सय इजरायली र ४ सय १३ प्लालेस्टाइनी मारिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५ सय ३८ मानिसहरू विस्थापित भएका छन । इजरायलले गाजा सयौँ हमला गरेर सहर ध्वस्त बनाइदिएको छ । इजरायलले जवाफी हमला सुरु गरेपछि गाजाका अस्पतालहरू बिरामी र शवले भरिएका छन् । विश्वका धेरै देशले आफ्ना नागरिकको पनि मृत्यु भएको, घाइते भएको वा हराएको बताएका छन् । यसैबीच, अमेरिकाले आफ्नो सहयोगी इजरायललाई आफ्नो समर्थन बढाएको छ । अमेरिकाले यस क्षेत्रमा जहाज र विमान तैनाथ गरेको छ  । यो कदम हमासले निन्दा गरेको छ । हमासले अब अरब देशहरुले अमेरिकाविरुद्ध पनि कदम चाल्नुपर्ने उल्लेख गरेको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार वटा रकेट प्रहार गर्दै स्थल आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण सुरु गरेको हो । त्यसपछि इजरायल सरकारले प्यालेस्टाइनविरुद्ध औपचारिक रूपमा युद्ध सुरु भएको घोषणा गर्दै हमासले अकल्पनीय मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । 

प्रतिक्रिया