बिना कागजात  अमेरिकामा बस्ने भारतीयलाई अमेरिकी सेनाको विमानले लिएर आयो

एजेन्सी । अमेरिकी सेनाको विमान बिना कागजात अमेरिकामा रहेका १ सय ४ जना भारतीयहरूलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरुलाई देश फिर्ता गरिएको यो पहिलोपटक हो । बीबीसीका अनुसार स्वदेश फिर्ता गरिएका ती भारतीयहरु कोही पनि कुनै आपराधिक गतिबिधिमा संलग्न नरहेको बताइएको छ ।

अमृतसर ल्याइएका  केही व्यक्तिलाई भारतीय प्रहरीको गाडीमा उनीहरुको गाउँमा लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई विमान मार्फत आ–आफ्ना घर  पठाइनेछ।
 

प्रतिक्रिया