विचाराधीन विद्युत विधेयकले निजी क्षेत्रलाई विस्थापित गर्ने कांग्रेसको आशंका

नेपाली कांग्रेलसे प्रतिनिधि सभामा विचाराधीन विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने आशंका व्यक्त गरेको छ । संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग आज छलफलपछि कांग्रेसले यस्तो आशंका व्यक्त गरेको हो । विज्ञसँग छलफलपछि कांग्रेसले विद्युत ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने निस्कर्ष निकालेको छ । 
विद्युत उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने कांग्रेसको निस्कर्ष छ । कम भन्दा कम मूल्यमा विद्युतमाथि जनताको पहुँच सुनिश्चित गर्नुपर्नेमा छलफलमा सहभागीले जोड दिएका छन ।  कांग्रेसले विधेयक निर्माण गर्ने क्रममा संलग्न सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने तयारी गरेको छ । 

प्रतिक्रिया