हमास आक्रमणपछि सम्पर्कबिहीन भएका विद्यार्थीको परिचय खुल्यो , परराष्ट्रमन्त्रीद्धारा इजरायली राजदूतसँग छलफल
इजरायलमाथि हमासको आक्रमणपछि सम्पर्कबिहीन भएका विद्यार्थीको परिचय खुलेको छ । सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा लोकेन्द्र धामी, राजेश स्वर्णकार, प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, आशीष चौधरी, नारायण न्यौपानेलगायत छन् । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन् । तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अस्पतालमा उपचाररत न
नेपालीहरुमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल रहेका छन । बाँकी दुई जना एक बंकरमा सुरक्षित रहेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परेका विद्यार्थीहरु किबुज अलुमिन कृषि फार्ममा काम गर्दै आएका थिए । फार्मले उपलब्ध गराएको आवासमा १७ जना नेपाली विद्यार्थी थिए । सेदोत नेगेभमा पढ्ने उनीहरू सबै सुदूरपश्चिम प्रदेशका भएको बताइएको छ ।।
परराष्ट्रमन्त्री छलफल
यसैबीच, परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग पनि छलफल गरेका छन् । आज मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् । भेटमा इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका छन । उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति सरकारलाई धन्यवादसमेत दिएका छन् ।।
प्रतिक्रिया