पर्सा प्रहरीले बरामद गर्‍यो ५६ लाख भन्दा बढी मूल्यका सामान

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरेर भित्र्याइएका रु ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ ।

आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।  

प्रहरी नायब उपरीक्षक  किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए । 

“आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ”, उनले भने ।

प्रतिक्रिया