झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

झापा । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । जिल्लाको कनकाई नगरपालिकाको तुलसीबारीमा लागूऔषध कारोबारीलाई प्रहरीले गोली प्रहार गरेको हो ।

प्रहरीको गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । उनलार्र्ई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।

प्रतिक्रिया