उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय, मुकाम काठमाडौंमा रहने

काठमाडौं । सरकारले उपत्यकाका तीन जिल्लाभित्रका उपभोक्ता सरोकार सम्बन्धी मुद्दाहरु हेर्ने  गरी अदालत गठन गर्ने निर्णय गरेको छ । 

गत आईतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार उक्त उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहनेछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको हो ।

उपभोक्ता अदालतले तीनवटा मुद्दा हेर्नेछ । जसमा उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका अरु मुद्दा उपभोक्ता अदालतले हेर्नेछ । 
 

प्रतिक्रिया