सरकारको गतिसँगै मति पनि ठीक भएन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेकाले कामको गति बढाउनुपर्ने बताएका छन् ।

पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बाल्दै महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको जिकिर गरेका हुन् ।

“मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त?’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।”

साथै उनले नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने बताए । महामन्त्री थापाले निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने बताए ।

प्रतिक्रिया