केवलकार बनाउने विषयमा भएको विवादले पूर्वी नेपाल अशान्त
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरामा केवलकार बनाउने विषयमा भएको विवादले पूर्वी नेपाल अशान्त बनेको छ । केवलकार बन्न दिने र नदिने समूह बीचको विवाद बढ्दै गएको हो ।
नो केवलकार समूह र सुरक्षाकर्मी बीच झडप भएपछि माघ १५ गतेदेखि निरन्तर आन्दोलन चलिरहेको छ । ताप्लेजुङ सहित मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ ।
बन्दका क्रममा कतिपय ठाउँमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ । झडपका क्रममा केही आन्दोलनकारी घाइते भएका छन् । नो केवलकार समूहको आन्दोलनमा प्रहरीले गोली चलाएको भन्दै आन्दोलनरत समूहले न्यायिक छानबिनको माग गरिरहेका छन् ।
पाथिभरामा केवलकार विवादको विषयमा गृह मन्त्रालयले बनाएको वार्ता समितिले कुनै निष्कर्ष दिन नसक्ने आन्दोलनरत पक्षले जनाएको छ ।
प्रतिक्रिया