नेपालको विकासमा नेपाल, चीन र भारतबीच साझेदारी आवश्यक छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन । प्रधानमन्त्री दाहालले नेपाल सम्पन्न नभइ आफ्ना कुरा शक्ति राष्ट्रलाई सुनुवाई गर्न कठिन हुने भएकाले यसबारेमा आफुले चीन र भारतसँग छलफल गरिसकेको समेत दाबी गरे । 
प्रधानमन्त्री दाहालले चीनको बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको पनि बताए । कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रमार्फत छिटो काम गर्नुपर्ने उनको भनाइ छ । 
प्रधानमन्त्री दाहालले विगत १० वर्षमा बिआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए । बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको उनको भनाइ छ । नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र विकास निर्माणलाई तिब्र बनाउन थप वाह्य पुँजीको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया