माघमै फुल्न थाल्यो गुँरास
मकवानपुर । मकवानपुरको भीमफेदीस्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा यस पटक गुराँस माघमै फुल्न थालेको छ । फागुन–चैतदेखि फुल्ने गुराँस पछिल्लो समय माघदेखि नै फाटफुट फुल्न थालेको हो । पछिल्लो समय जलवायु परिवर्तनले वनस्पतिको जीवनचक्रमा पारेको प्रभावका कारण पनि समय अगावै गुराँस फुल्न थालेको हो । विगतको तुलनामा दामनमा गुराँस लोप हुँदै गएको छ ।
पहिले पहिलेको जस्तो लालीगुराँस फुल्न छोडेको र नयाँ बिरुवाको संरक्षण नभएको स्थानीयको भनाइ छ । उच्च भाग र चिसो ठाउँमा पाइने गुराँस उचाइ, आद्र्रता, चाप, पानी, सुक्खा र माटोको प्रकृतिका आधारमा पनि ढिलोचाँडो फुल्ने वनस्पतिविदको भनाइ छ । जलवायु परिवर्तनका कारण वनस्पतिको जीवनचव्रmमा देखिएको फेरबदलले गुराँस फुल्ने समयमा परिवर्तन भएको हुनसक्ने बताइन्छ । मकवानपुरमा फुल्ने गुराँसको अध्ययन, अनुसन्धान नभए पनि यहाँ करिब आधा दर्जन प्रजातिको रातो, सेतो र दुर्लभ तथा लोपोन्मुख चिमाल प्रजातिको गुराँस भेटिएको छ । यहाँको पर्वतीय वनस्पति उद्यान, दामनले गुराँसको संरक्षण र प्रवर्धन गरिरहेको छ ।
प्रतिक्रिया