स्थानीय सङ्घ संस्थाबीचको हानाथापले बर्दीबास महोत्सव विवादमा
महोत्तरी । बर्दिबासको पहिचान, परिचय, पर्यटन प्रवद्र्धन र सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले गर्ने गरिएको बर्दीबास महोत्सव विवादमा परेको छ । महोत्सव कसले लगाउने ? भन्ने विषयमै स्थानीय सङ्घ संस्थाबीच हानाथाप हुँदा महोत्सव हुन नसकेको हो । पछिल्लो घटनाव्रmम अनुसार महोत्सव लगाउने अवसर आफूले मात्र पाउनुपर्ने अडानमा रहेको उद्योग वाणिज्य संघ र नगरपालिका आमनेसामने भएपछि पाँचौँ संस्करणको विवाद सतहमा आएको होरु।
विवादले पाँचौँ संस्करणसम्म आइपुग्दा एक थरी व्यापारी नै बर्दिवास महोत्सवविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । गत वर्षकोे चौथो संस्करण १६ लाखमा ठेक्का लागेकाले पनि बर्दिबास महोत्सवको गरिमा र मौलिकताभन्दा यसको आम्दानीप्रतिको मोहले यसलाई विवाद र टकरावको विषय बनाइएको छ । बर्दिबास नगरपालिकाका अनुसार पाँचौँ संस्करणको महोत्सव आफूले लगाउन पाउनुपर्ने आग्रहका साथ छ वटा संघ संस्थाले नगरपालिकामा निवेदन दिएका थिएरु। नगरपालिकाले आवेदकमध्ये सडक मानवका लागि बर्दिबासमा निर्माणाधीन ‘हाम्रो मायाको घर’ लाई महोत्सव लगाउन दिने निर्णय गरेपछि विवाद बढेको हो । नगरपालिकाको निर्णयप्रति आवेदकमध्ये रेडक्रस, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय लोकदोहरी र बर्दीबास मोक्ष धामले सहमति जनाएका छन् । महोत्सव आफूले गर्न पाउनुपर्ने दाबी बर्दिबास उद्योग वाणिज्य संघले पनि गरेको छ ।।
प्रतिक्रिया