वेस्ट बैङ्कमा आक्रमण हुँदा ५० जना प्यालेस्टाइनी लडाकुको मृत्यु

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पन्ध्र दिन अघि उत्तरी वेस्ट बैङ्कमा सुरू गरिएको आक्रमणमा हालसम्म ५० प्यालेस्टाइनी लडाकु मारिएको दाबी गरेको छ ।

जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आइडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आइडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।

आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकुलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’ को क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आइडीएफले जनाएको छ ।

अपरेसन २१ जनवरीमा शुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ । आइडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकूहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए ।

प्रतिक्रिया