बिस्तारै लयमा फर्किँदै  नेपालगञ्जऽ कर्फ्यु र निषेधाज्ञा थप खुकुलो बनाइयो

दुई पक्षीय झडपपछि अशान्त बनेको नेपालगञ्ज बिस्तारै लयमा फर्किँदै गएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा थप खुकुलो बनाएको छ । 
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर÷पर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने  तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रशासनले जनाएको छ । कर्फ्युको समय पनि घटाइएको छ । राति ८ बजेदेखि लाग्दै आएको कर्फ्यु राति १० बजेदेखि बिहान ४ बजेसम्म लगाइएको छ । यसअघि केही दिनसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकोमा केही खुकुलो पारिएको हो । 

प्रतिक्रिया