ललितपुरको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने

पाटन (ललितपुर) । प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए ।माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभाका सांसद राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिएका छन । राणाले यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केवलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केवलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी एक बर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको  छ ।
रासस
 

प्रतिक्रिया