चर्चित ताइवानी अभिनेत्री बार्बी सुको निधन

एजेन्सी । ताइवानी अभिनेत्री बार्बी सुको ४८ वर्षको उमेरमा   निधन भएको छ । 

सन् २००१ को हिट टिभी शृंखला मिटियर गार्डेनमा अभिनय गरेर चर्चित भएकी ताइवानी  सुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी जापान भ्रमणका क्रममा बिरामी परेको विश्वास गरिएको छ । उनकी बहिनी डी सुले सोमबार ताइवानको टिभिबीएस न्यूजलाई आफ्नी दिदीको मृत्युको पुष्टि गरेकी छिन् । उनको मृत्युको खबर सुने पछि उनका लाखौं  प्रशंसकहरूले  श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।

उनले लोकप्रिय रोमान्टिक नाटकहरू सहित एक दर्जन भन्दा बढी टिभी कार्यक्रमहरू र चलचित्रहरूमा अभिनय गरेकी थिइन्उनले सन् २०१२ मा अभिनयबाट विश्राम लिइन्, तर रियालिटी शोहरूमा देखा परिरहेकी थिइन् । 
 

प्रतिक्रिया