गाजापट्टी आक्रमणकोे घटनामा विश्व समुदायद्धारा चिन्ता प्रकट

संयुक्त राष्ट्रसंघले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायले चिन्ता प्रकट गरेका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा द्वन्द्व बढ्न नदिन कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन ।  इजरायलमा हमासको आक्रमणपछि उनले द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै एक मात्र माध्यम भएको बताएका हुन । राष्ट्रसंघीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले हिंसा तत्काल रोक्न आह्वान गरेका हुन । युरोपेली संघ ईयूका विदेश नीति प्रमुख जोसेप बोरेललेसर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेका छन् । अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतङ्ककारी समूह’का लडाकूले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमण गरेको बताएका हुन । उनले इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहेको बताएका छन । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकूसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताएका छन् । रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन् । उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यको लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन् । साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ । इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् । 

प्रतिक्रिया