न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् । 

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया