थाइल्याण्डसँग नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइण्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । यस्तै,  क्यारोलिन डी ल्यासले १० रन बनाइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन् । नेदरल्याण्ड्सले थाइल्याण्डसँग लगातार दोस्रो हार बेहोरेको हो । यसअघि  नेदरल्याण्ड्समाथि पहिलो भेटमा थाइल्याण्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भोलि थाइल्याण्डसँग खेल्नछ ।

प्रतिक्रिया