विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई नेपालले समर्थन गर्ने
सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई नेपालले समर्थन गर्ने भएको छ । आज एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने बताएको हो । एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो । पछिल्लो समय साउदीमा अन्तराष्ट्रिय खेलकुद कार्यक्रमहरु आयोजना भैरहेको उल्लेख गर्दै एन्फाले साउदी अबरले भौतिक पूर्वाधारमा गरेको लगानी र साउदी अरबको भिजनरी नेतृत्वले सन् २०३४ को विश्वकप सफलतापूर्वक आयोजना गर्न सक्ने जनाएको छ । एन्फाले सबै एसियन सदस्य राष्ट्रले एसियाली भुमिका विश्वकप फुटबल फर्काउने अवसरलाई साथ दिने विश्वास समेत ब्यक्त गरेको छ । सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ । सोही अनुसार एसियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ ।
प्रतिक्रिया