नन्दन ताल संरक्षण र प्रवर्द्धनमा पाल्हीनन्दन गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वडा नं ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवद्र्धन शुरु गरेको छ ।

संरक्षणको अभाव अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल शुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । 

उनले भने, “ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।” 

नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् । 

केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नं ६ का वडाध्यक्ष किशान यादवको भनाइ छ । 

ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसको स्थानीय सन्दीप यादवले बताए ।

प्रतिक्रिया