चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मूहुर्त

काठमाडौं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मूहुर्त भएको छ । 

सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमूहुर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक रहने चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ । कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताए ।

आचार्यले चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको भन्दै देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताइन् । शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी रहेको भन्दै आफूले हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा राखेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताइन् 

एम.एम मोस पिक्चर्सको प्रश्तुतीमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । 
 

प्रतिक्रिया