नेपाल र म्यान्मारबीचको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने

काठमाडौं । नेपाल र म्यान्मारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको छ । विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको हो । नेपाल–म्यान्मार उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बैठकबारे जानकारी दिँदै नेपालका लागि म्यान्मारका राजदुत सेङ उले व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवद्र्धनमा म्यान्मार क्रियाशील रहेको बताए । नेपाल–म्यान्मार उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यान्मारको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदुत सेङसमक्ष आग्रह गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया