काठमाडौका केही स्थानमा आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध हुने (तालिकासहित)
काठमाडौ । राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे नेपाल विद्युत् प्राधिकरणले तालिका निकालेर सूचना जारी गरेको छ ।
विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विभिन्न स्थानहरूमा पालैपालो ८ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
तालिका अनुसार माघ २१ गते चाबहिल भत्केको पुल वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ ।
प्रतिक्रिया