दक्षिण अफ्रिकालाई पनि सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

भूमि अतिक्रमण र मानव अधिकार उलंग्घनको आरोप

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई पनि सहयोग रोक्न चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउदै उनले सहयोग रोक्ने चेतावनी दिएका हुन । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको र केही वर्गका मानिसलाई नराम्रो व्यवहार गरिरहेको बताएका हुन । उनले ठूलो संख्यामा मानवअधिकार उल्लंघन भइरहेको दाबी गर्दै अमेरिकाले यो नसहने र त्यसविरुद्ध कारबाही गर्ने उल्लेख गरेका छन । स्थितिको अनुसन्धान पूरा नभएसम्म सबै सहयोग रोक्का गर्ने उनको भनाइ छ । अमेरिकी सरकारको तथ्यांकअनुसार अमेरिकाले सन् २०२३ मा दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहयोग गरेको थियो । आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानको कथित ठूलो मात्रामा हत्या र भूमि अतिक्रमणको अनुसन्धान गर्ने बताएका थिए । यसअघि ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा २५ प्रतिशत कर लगाएका थिए।

प्रतिक्रिया