त्रिदेशीय महिला टी-२०: आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने

काठमाडौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने भएको छ । जारी शृङ्खलामा दुई खेल खेलेको थाइल्यान्डले सबै खेल जितेको छ । उता, तीन खेल खेलेको नेदरल्याण्ड्सले पनि दुई खेलमा जित हात पारेको छ । उसले दुबै खेलमा नेपाललाई हराएको हो तर थाइल्याण्डसँगको खेलमा नेदरल्याण्ड्स पराजित भएको थियो । नेपालले अहिलेसम्म खेलेका तीन वटा खेल नै गुमाएको छ। अब नेपालले खेल्न बाँकी तीन वटा खेल मात्रै छन् ।  मंगलबार नेपालले थाइल्यान्डसँग, बुधबार नेदरल्याण्ड्ससँग र शुक्रबार पुनः थाइल्यान्डसँग नै आफ्नो अन्तिम खेल खेल्नेछ । बिहीबार थाइल्यान्ड र नेदरल्याण्डसबीच पुनः अर्को खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 
 

प्रतिक्रिया