भारतको पूर्वी राज्य उडिसामा स्क्रब टाइफसको सङ्क्रमण बढ्यो, स्वास्थ्य विभागले दियो परीक्षणलाई तीव्रता

काठमाडौं । भारतको पूर्वी राज्य उडिसामा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी’ नामक ब्याक्टेरियाबाट हुने रोग हो । डाक्टरका अनुसार यो सङ्क्रमण जङ्गली जनावरमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्ने गर्छ । स्क्रब टाइफसको सामान्य लक्षण ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीँ जिउ चिलाउने हुन्छ । उडिसामा मिल्दोजुल्दो लक्षणबाट आठ जनाको ज्यान गएपछि अनुसन्धानलाई तीव्र पारिएको छ । गएको वर्ष त्यहाँ झण्डै एक हजार ५ सय सङ्क्रमित भेटिएका थिए ।

प्रतिक्रिया