सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ?
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराइले यस्तो बताएका हुन् । सांसद भट्टराईले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताउनु बताए । उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्नु उचित नहुने पनि बताए । भट्टराईले कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको दाबी गरे।
सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने बताए ।
प्रतिक्रिया